फेरी तहल्का मच्चाए नेपाल आईडल रबिओडले अष्ट्रेलियामा नेपालीहरुको माझमा भिडियो सहित

label समाचार प्रकाशक query_builder January, 30 2019

फेरी तहल्का मच्चाए नेपाल आईडल रबिओडले अष्ट्रेलियामा नेपालीहरुको माझमा भिडियो सहितदश दिने जापानको टुर सकाएर स्वदेश फर्किएका नेपाल आइडलका बिजेता हरुको दोस्रो टुर अष्ट्रेलिया गएका छन् । टुरमा नेपाल आइडलका टप ६ को बिशेष प्रस्तुति रहको छ ।

नेपालकै चर्चित रियालिटी सो नेपाल आइडल सिजन–२ का उत्कृष्ट ६ जना प्रतिस्पर्धी अस्ट्रेलियामा आयोजना हुने लाइभ कन्सर्टमा प्रस्तुत भएका छन् । कन्सर्टमा नेपाल आइडल २ का विजेता रवि ओड मुख्य आकर्षण रहका छन् ।

हेर्नुहोस भिडियो रवि ओडको अष्ट्रेलियामा धमाकेदार प्रस्तुती :

नेपाल आइडल रवि ओडलाई प्रतियोगिताको उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरालले कन्सर्टमा आफ्ना लोकप्रिय गीतसंगीत प्रस्तुत गरेर साथ दिएका छन् ।

कार्यक्रममा पवन गिरीले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम छ । सिड्नीको लाइभ कन्सर्टको आयोजना नेपाली टचले गर्न लागेको हो । वर्ल्ड टुर अन्तरगत अष्ट्रेलिया दोश्रो टुर हो ।अस्ट्रेलियामै सक्रिय एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले यो बृहत् सांगीतिक कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ ।

नेपाली समुदायको अत्यधिक बसोबास रहेको सिड्नीमा फेब्रुअरी ८ मा भव्य रूपमा कार्यक्रम सम्पन्न गर्ने गरी तयारी गरिएको नेपाली टचका फाउन्डर डाइरेक्टर दीपेश पुनले जानकारी दिएका छन् । कार्यक्रम सञ्चालन नेपाल आइडलकी प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्माले गर्नेछिन् ।

तपाईंको प्रतिक्रिया दिनुस्