चलचित्र ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक (भिडियाेसहित)

label सुदूर खबर संवाददाता query_builder February, 02 2019

काठमाडौँ । युवा सुपरस्टार अनमोल केसीको चलचित्र ‘क्याप्टेन’ को अफिसियल ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच पत्रकारमाझ ट्रेलर सार्वजनिक गरिएको हो ।

दिवाकर भट्टराईद्धरा निर्देशित चलचित्र ‘क्याप्टेन’ ट्रेलरमा चलचित्रका सम्पूर्ण कलाकारहरूलाई स्थान दिइएको छ । फुटबलमा देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेको निशानको जीवनमा आउने अनेक उतारचढावलाई ट्रेलरमा देखाइएको छ । निशानको क्यारेक्टरमा रहेका अभिनेता अनमोलले चलचित्रमा एक फुटबल खेलाडीको भूमिका निभाएका छन् । अनमोलको अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग प्रेमलाई पनि ट्रेलरमा देखाइएको छ ।

भिडियो :

कमर्शियल शैलीको मेकिङ, कलाकारको प्रस्तुति, ब्याकराउन्ड म्युजिक, एडिटिङ, सट साइज, भिएफएक्स र साउन्ड डिजाइनका हिसाबबाट हेर्दा फिल्मको ट्रेलर ’पर्फेक्ट’ बनेको छ । फागुन १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रमा अनमोल, उपासना र प्रियंकाका अलावा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरूको पनि अभिनय छ । चलचित्रका निर्माता भुवन केसी हुन् ।

‘क्याप्टेन’ को लेखक निर्देशक दिवाकर स्वयं हुन्, भने पटकथा सामिप्यराज तिमल्सिनाको रहेको छ । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व छ भने सम्पादन दिर्घ खड्काको रहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।