नेपाल आइडल रविमाथि खनिए सालको पातका संगीतकार बसन्त थापा -भिडियो

label समाचार प्रकाशक query_builder February, 02 2019

नेपाली लोक दोहोरीका शिखर व्यक्तित्व भनेर चिनिने चर्चित गीतकार तथा संगीताकार बसन्त थापा आक्रोशित भएका छन।आफ्नो सृजना अनुमति बिना कलाकारले प्रयोग गरेको भन्दै उनि आक्रोशित भएका हुन्।केहि दिन अगाडी सामाजिक संजालमा नेपाल आइडलका रबि ओडलाइ इंकित गर्दै उनले आफ्नो सृजना बिगारेर बिना अनुमति गाएकोमा आक्रोशित भएका थिए।

लोक संगीतको मर्म नबुझेर लोक गीतकै बलात्कार गरेको भन्दै बसन्त थापा र प्रलाहद सुबेदीले दुख व्यक्त गरे।हाल चर्चामा रहेको सालको पातको टपरी गीत रबि ओडले स्टेजमा बिगारेर गाए पछि बसन्त थापा आक्रोशित भएका थिए।कलाकारको सम्मान गर्न नसकेको भन्दै गीतकार र संगीतकारको अपमान नगर्न अनुरोध गरेका हुन्।

नेपाल आईडलको सिजन दुई पनि सफलताका साथ सम्पन्न भए पछि अहिले नेपाल आईडल बिजेता टोलि बिदेश यात्रामा रहेका छन। अहिले नेपाल आईडलको टोलि अष्ट्रेलियामा हुने विभिन्न साङ्केतिक कार्यक्रममा उनिहरुले स्टेज तताउदै आएका छन। सोही क्रममा रभिले अस्ट्रेलियामा सालको पात बोलको गित गाएका थिए। उक्त गित अहिले बिबादमा आएको छ। हेरौ बसन्त थापा संगको बिशेश कुराकानी :

तपाईंको प्रतिक्रिया दिनुस्