हिमपातले गाउँपालिका केन्द्र पुग्न असहज [फोटो फिचर]

label सुदूरखबर संवाददाता query_builder February, 06 2019

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, माघ २३ । माघ तेस्रो साता भएको भारी हिमपातले सिगास गाउँपालिकाको जनजीवन हालसम्म पनि प्रभावित बनेको छ । १० दिनसम्म पनि हिउँ जमेकाले गाउँपालिका केन्द्र पुग्न समेत अप्ठ्यारो हुने गरेको छ ।

सिगास गाउँपालिकाको वडा नं १ र २ नं वडाका नागरिकलाई गाउँपालिकासम्म पुग्न हिमपातले असहज हुने गरेको सिगास २ का गोविन्द धामीले बताए । बेडल्धुरा, गुदगुदे, सिगास धुरा क्षेत्रमा अझैसम्म पनि हिउँ नपग्नेकोले गाउँपालिका केन्द्र गर्जे जाने समस्या हुने गरेको उनले बताए ।

उक्त क्षेत्रमा अझै पनि २ फिटसम्म पनि हिउँ जमेको बताइएको छ । सिगास गाउँपालिका केन्द्र पुग्न सडक सुविधा नरहेको र ४ घण्टा पैदल हिडेर जानुपर्ने बाध्यता रहेको छ ।

हिँडेर जानुपर्ने र बाटोमा हिउँ जमेकाले गाउँपालिका केन्द्र पुग्न समस्या हुने गरेको हो । यसैबीच हिउँ नपग्लेकोले खानेपानीको समेत समस्या भएको छ ।

हिउँ पग्नेर खानेपानीका मुहानमा जाने भएकोले दुषित पानी पिउन बाध्य भएको सिगास २ बुर्रौसेका एक होटेल व्यवसायी लाल सिंह धामीले जानकारी दिए । खानेपानीकै अभावमा व्यापर व्यवसाय समेत प्रभावित बनेको धामीको भनाइ छ ।

 

 

तपाईंको प्रतिक्रिया दिनुस्