भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ९२ पुग्यो

label सुदूर खबर संवाददाता query_builder February, 10 2019

लखनउ, माघ २७ । भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । विषाक्त मदिरा सेवनबाट कयौं बिरामी परेका छन् । बिरामीमध्ये ५० जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसअघि गत बिहीबार र शुक्रबारमात्रै भारतको कुशीनगरमा विषाक्त मदिरा सेवनका कारण १० भन्दा बढीको मृत्यु भएको थियो ।

यसैबीच अवैध मदिरा बेचबिखन गरेको अभियोगमा केहीलाई नियन्त्रणमा लिइएको छ । अवैध मदिरा बेचविखनमा कडाइ नगरेको भन्दै १० जना प्रहरीलाई निलम्बन गरिएको छ । गत वर्ष पनि भारतको कानपुरमा विषाक्त मदिरा सेवनका कारण २५ जनाको मृत्यु भएको थियो ।

  • एजेन्सी
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।