पहिलो ओभरमै सन्दीपले लिए विकेट

label सुदूरखबर संवाददाता query_builder February, 10 2019

काठमाडौं, माघ २७ । बिग बासकाे लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सविरुद्वको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछानेले विकेट लिएका छन् । मेलबर्न स्टार्सबाट बलिङ गरेका सन्दिपले टम कुरानलाई बोल्ड गरेका छन् । आठौ ओभरमा बलिङ गर्न आएका उनले पाँचौ बलमा विकेट लिएका हुन् ।

सन्दिपको विकेटसंगै बेलबर्न बलियो अवस्थामा पुगेको छ । टस हारेर पहिला ब्याटिङ गरेको मेलबर्नले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो । ग्लेन म्याक्सवेलले ८२ रन बनाउँदै टोलीको उद्वार गरेका हुन् । पिटर ह्यान्डकम्बले समेत ३५ रन बनाए ।

अंक तालिकाका शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । दोश्रो स्थानमा रहेको सिड्नी सिक्सर्ससंगको खेलमा मेलबर्न जित्नैपर्ने दबाबमा हुनेछ । मेलबर्न १३ खेलमा १२ अंक सहित तालिकाको छैठौं स्थानमा छ । सिड्नी १३ खेलमा ८ खेल जित्दै १६ अंक सहित प्लेअफमा पुगिसकेको छ । यस्तै होबेर्ट हुरिकेन्स २० अंक र मेलबर्न रेनिगेड्स १६ अंक सहित प्लेअफमा पुगिसकेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्