मेलबर्न प्लेअफमा, सन्दीपले लिए ३ विकेट

label सुदूरखबर संवाददाता query_builder February, 10 2019

काठमाडौं, माघ २७ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछानेले तीन विकेट लिएपछि बिग बास लिगमा मेलबर्न स्टार्स प्लेअफमा छनोट भएको छ । लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई पराजित गर्दै मेलबर्नले प्लेअफमा स्थान बनाएको हो ।

मेलबर्नलाई प्लेअफमा छनोट गराउन नेपालका सन्दिप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गरे । उनले महत्वपुर्ण लिन विकेट लिए ।

आठौँ ओभरमा टम कुरानलाई बोल्ड गरेका उनले १२ औ ओभरमा बेन द्वारहुसीलाई आउट गर्न सफल भएका थिए । अन्तिममा उनले लायड पोपीलाई ५ रनमा बोल्ड गरे ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी १४ ओभरमा अलआउट हुन पुग्यो । तीन खेलाडी बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । ओपनर ड्यानियल हग्सले बनाएको १२ रन टोलीको सर्वाधिक ठुलो स्कोर रह्यो । मेलबर्नका सन्दिपले सर्वाधिक ३ विकेट लिए ।

तपाईंको प्रतिक्रिया दिनुस्