डीपीएल : काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो

label सुदूर खबर संवाददाता query_builder February, 11 2019

धनगढी, माघ २८ । तेस्रो संस्करणको धनगडी प्रिमियर लिग ९डीपीएल० क्रिकेटको पहिलो खेलमा अहिले काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुँदैछ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा काठमाडौंले टस जितेर पहिले फिल्डिङ रोजेको छ । धनगढीले सुरुवातमा ब्याटिङ गर्नेछ ।

काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएका छन् । धनगढीको नेतृत्व सोमपाल कामीले गरेका छन् ।

अघिल्ला दुवै संस्करणको उपाधि जितेको धनगढी उपाधि रक्षाको लक्ष्यमा हुनेछ । यता, काठमाडौं अघिल्लो संस्करणको फाइनलमा व्यहोर्नु परेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।