अब सवारी दर्ता नविकरण पनि डोटीबाटै

label सुदूर खबर संवाददाता query_builder February, 11 2019

झलक पाली/सुदूरखबर।
डोटी, माघ २८ । सवारी दर्ता नविकरण कार्य अब डोटीमै हुने भएको छ ।

करिब डेढ महिना पहिलेदेखि सवारी चालक अनुमती पत्र (स्मार्ट कार्ड) नविकरण सेवा शुरु गरेको यातायात व्यवस्था सेवा कार्यालय डोटी सोमबारदेखि सवारी दर्ता (ब्लु बुक) नविकरण सेवा शुरु गरेको उक्त कार्यालय प्रमुख धुर्व दयालले जानकारी दिए ।

डोटीबाट सवारी दर्ता नविकरण गर्ने पहिलो सेवाग्राहीका रुपमा दिपायलका रमेश बहादुर जोरा रहेका छन् । उनले से.२ प. ५६९३ नम्बरको मोटरसाईकलको दर्ता नविकरण गराएका हुन् ।

 अब यातायात व्यवस्था सेवा कार्यालय डोटीले सवारी चालक अनुमती पत्र नविकरण, ब्लु बुक नविकरण, अस्थायी बाटो निर्धारण, यातायात क्षेत्रमा अनुगमन लगाएतका कामहरु हुनेछन् ।

डोटीको राजपुरमा आगामी जेठ महिनासम्ममा ट्रायल सेन्टर निर्माण गरी आगामी असारदेखि नयाँ सवारी चालक अनुमती पत्र (लाईसेन्स) जारी गर्ने तयारी उक्त कार्यालयको छ ।

कर्मचारी अभावमा सवारी जाँचपासको काम गर्न नसकिएको यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ । कर्मचारी परिपुर्ती भएमा यातायात सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्न सकिने कार्यालय प्रमूख दयालले बताए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।