टी–२० आइसिसी वरियतामा ठूलो फड्को मार्दै पारस ४०औं नम्बरमा

label सुदूर खबर संवाददाता query_builder February, 11 2019

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)को टी–२० वरियतामा ठूलो फड्को मारेका छन्।

आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार पारस पहिलोपटक टी–२० को अलराउण्डर वरियताको शीर्ष ४० भित्र परेका हुन्।

अघिल्लो सातामात्रै पारसको कप्तानीमा रहेको नेपाली टोलीले यूएईविरुद्धको टि-२० अन्तर्राष्ट्रिय शृंखला जितेको थियो। उक्त शृंखला नेपालले २-१ ले जितेपछि पारस ४०औं नम्बरमा अटाएका छन्। पारसले ७६ रेटिङ प्वाइन्ट पाएका छन्।

जुन उनले करिअरमा पाएको सर्वाधिक उच्च प्वाइन्ट समेत हो ।टी–२० को ब्याटिङ वरियतामा भने पारस ९०‍औं स्थानमा छन् । वलिङ वरियतामा नेपालका तीव्रगतिका बलर सोमपाल कामी ७०औं र बसन्त रेग्मी ७१औं स्थानमा छन् । सोमपालले पनि यसपटक करिअरको उच्च ४०९ प्वाइन्ट पाएका हुन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।