नैनसिंह महरले दिए नेविसंघ अध्यक्षबाट राजीनामा

label सुदूर खबर संवाददाता query_builder February, 11 2019

काठमाडौं, माघ २८ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । अध्यक्ष महरले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै सोमबारै राजीनामा स्वीकृत गरेका छन् । संघको वर्तमान कार्यसमितिको म्याद यही माघ २ गते समाप्त भइसकेको अवस्थामा अध्यक्ष महरले राजीनामा दिएका हुन् ।

संघको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । त्यसपछि दुईपटक गरी पाँच महिना समयावधि थप भएको थियो ।

यसअघि, कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा संघको कार्यसमिति सम्बन्धमा समयावधि थप बढाइ महाधिवेशन गर्न दिने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा छलफल भएको थियो । अध्यक्ष महरको राजीनामा स्वीृकत भएसँगै संघको महाधिवेशन गर्नका लागि कांग्रेसले संघको नयाँ तदर्थ समिति बनाउने तयारी गरेको छ ।

  • रासस
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।