डीपीएलमा अत्तरियाको विजयी सुरुवात, धनगढीको लगातार दोस्रो हार

label सुदूर खबर संवाददाता query_builder February, 12 2019

धनगढी, माघ २९ । साविकको विजेता धनगढी स्टार्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) लगातार दोस्रो हार व्यहोरेको छ । मंगलबार भएको खेलमा धनगढी सिवाईसी अत्तरियासंग ५ रनले पराजित भएको हो ।

फाप्ला क्रिकेट मैदानमा दिपेन्द्र सिह ऐरीको कप्तानीमा रहेको अत्तरियाले दिएको ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाउन सक्यो ।

धनगढीका लागि राजु रिजालले सर्वाधिक २६ रन जोड्दा रोहन मुस्तफाले १८ रन बनाए । यस्तै सन्दीप रजालीले ११ कप्तान सोमपालले १० रन जोडे । अत्तरियाका भुवन कार्कीले किफायती बलिङ गर्दै ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । यस्तै सन्नी पटेलको नाममा २ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर ९५ रन बनाएको थियो । अत्तरियाका लागि सन्नी पटेलले अविजित रहदै २८ बलमा सर्वाधिक ३५ रन जोडे । यस्तै जयकिशन कोश्लावालाले २१ रन जोड्दा प्रेम तामाङले १२ रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरीले ११ रन बनाएर आउट भए ।

धनगढीका रोहन मुस्तफाले २ विकेट लिए । अमीर हायत, सोमपाल कामी र बिपिन खत्रीले १/१ विकेट लिए । अब धनगढीले तेस्रो खेलमा बुधबार विराटनगर किङससंग खेल्नेछ । अत्तरियाले दोस्रो खेलमा बिहिबार रुपन्देही च्यालेन्जर्ससंग खेल्नेछ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।