डीपीएलमा नेपाली ‘जोन्टी’ भीम सार्कीले गरेको अविश्वासनीय क्याच [भिडियोसहित]

label सुदूर खबर संवाददाता query_builder February, 12 2019

धनगढी, माघ २९ । नेपाली जोन्टीका नामले परिचित नेपाली राष्ट्रिय टोलीका सदस्य भीम सार्कीले अविश्वासनीय क्याच गरेका छन् । मंगलबार उनले तेस्रो संस्करणको जारी धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा अविश्वासनीय क्याच गरेका हुन् ।

रुपन्देही च्यालेन्जर्सबाट डीपीएल खेलिरहेका भीमले आफ्नो टोलीको दोस्रो खेलमा असम्भव क्याचलाई चरा जस्तै उड्दै सम्भव बनाए । उनले विराटनगर किङ्सबाट १६ रनमा खेली रहेका असाद उल्ला खानले कृष्ण कार्कीको बलमा प्रहार गरेको लामो प्रहारलाई लङ्ग इनबाट ढौडीदै क्याच गरेका थिए ।

हेर्नुस् भिडियो :

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।