गर्भवती महिलालाई तरकारीको बिउ र साबुन

label सुदूर खबर संवाददाता query_builder February, 12 2019

बैतडी, माघ २९ । बैतडीको दोगडाकेदार गाउँपालिकाले स्वास्थ्यको प्रोटोकल अनुसार पहिलो पटक गर्भजाँच गराउने महिलाहरुलाई आयोडीन नुन संगै तरकारीको बिउ वितरण गरिरहेको छ । साथै गाउँपालिकाले नङकाटो र नुहाउने सावुन पनि दिइरहेको छ ।

आज पहिलो पटक वडा नम्बर ५ स्थीत न्वाली स्वास्थ्य चौकीमा पहिलो पटक गर्भ जाचँ गराउन पुग्ने २४ वर्षिया गर्भवती महिला फुन्नी भूललाई उक्त्त सामाग्रीहरु वितरण गरीएको स्वास्थ्य चौकी ईन्चार्ज नैन सिंह गोयलाले जानकारी दिए ।

आयोडीन नुन लगाएतका सामाग्रीहरु पाएपछी भूल खुसी हुनुभएको स्वास्थ्य चौकी ईन्चार्ज गोयलाले बताए । यस्तै गाउँपालिकाले नियमीत ४ पटक स्वास्थ्य संस्थामा पुगेर जाँच गर्ने गर्भवती महिलाहरुलाई चारै पटक आयोडिन नुन र सावुन पनि वितरण गर्नेछ ।

गाउँपालिकाका सबै स्वास्थ्य संस्थाबाट गर्भवती महिलाहरुलाई उक्त्त सामाग्रीहरु वितरण गरीने बताईएको छ । संस्थागत सुत्केरीमा वृद्धी गराउने र आमा र बच्चाको स्वास्थ्य राम्रो होस् भन्ने उदेश्यले गाउँपालिकाले यो कार्यको सुरुवात गरेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती ऐरी कार्कीले बताए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।