अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ

label सुदूरखबर संवाददाता query_builder February, 12 2019

नमराज भण्डारी/सुदूरखबर।
अछाम, माघ २९ । भरुवा बन्दुकसहित अछामको तुर्माखादमा एक जना पक्राउ परेका छन् । भैरवस्थानबाट प्रहरी सहायक निरीक्षक दिर्घनाथ योगीको कमाण्डमा खटिई गएको गस्ती टोलीले तुर्माखाँद गाउँपालिका–३ का ५० वर्षीय पदमबहादुर बुढाको घरमा शंका लागि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा ईजाजत पत्र नभएको भरुवा बन्दुक फेला पारेको हो ।

भरुवा बन्दुकसहित खाली ५ नाल थान समेत फेला परेको हुँदा उनलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय विनायकको हिरासतमा राखिएको इलाका प्रहरी कार्यलय बिनायकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्