बुधबारको दिनमा पाथिभरामाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ साल फाल्गुन ०१ गते बुधबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ #जय_पाथिभरामाई !!

label समाचार प्रकाशक query_builder February, 12 2019

बुधबारको दिनमा पाथिभरामाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ साल फाल्गुन ०१ गते बुधबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ #जय_पाथिभरामाई !!

 नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि अष्टमी,०९ घडी ४१ पला,बिहान १० बजेर ३८ मिनेट उप्रान्त नवमी । नक्षत्र कृतिका,२७ घडी ५५ पला,बेलुकी ०५ बजेर ५६ मिनेट उप्रान्त रोहिणी । योग ऐन्द्र,५४ घडि ३२ पला । करण वव,बिहान १० बजेर ३८ मिनेट उप्रान्त वालव,बेलुकी १० बजेर १४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि बृष । भीष्माष्टमी व्रत । फाल्गुण संक्रान्ति । बुधाष्टमी व्रत । गोरखकाली पूजा ।

काठमाडौंमा सूर्योदय ०६ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५२ मिनेट । दिनमान २७ घडी ४७ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बोलिको प्रभाव बढ्ने हुदा थोरै बोलेर प्रशस्त आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे आम्दानि हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ भने साथिभाईको सहयोगले कृतिमानी काम गर्ने समय रहेकोछ । पढाई लेखाईमा थोरै समय दिदा पनि राम्रो नतिजा ल्याउन सकिनेछ । माया प्रेमको गाठो कसिले हुनेको साथै घर परिवारमा सबैबाट सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुँनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुँने हुँनाले काम गर्न आट आउँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुँनेछन् । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेको छ । बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर धन कमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउँन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसायमा समय दिएअनुशार आम्दानि कम हुँनेछ भने आर्थिक रुपमा सुदृड हुँन चालिएका कदमहरु बिचमानै अवरुद्ध हुँनेछन् । दाजुभाई सँगको मनमुटावको कारणले कामका बाधा तथा अवरोध हुँनेछ । पैत्रिक सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना घट्ना सक्छ । माया प्रेममा अबिश्वास बढेर जानेछ भने पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सरकारि तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारि ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानि कमै हुँनेछ । पढ्न लेख्नमा मन नजाने हुँनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुँनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

रोकिएका तथा थाति रहेका कामहरु बन्नुका साथै आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । नोकरिमा बढुवा हुँने तथा कामको खोजि रहेकाहरुले नयाँ काम पाउँने अधिक सम्भावना रहेकोछ । अध्ययनमा मन जाने हुँनाले खोज तथा अनुशन्धानको क्षेत्रमा नयाँ पनको बिकास गर्न सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेको छ भने माया प्रेममा आत्मियताको बृद्धि हुँनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

नयाँ ज्ञान सिक्ने अवसर जुर्नेछ भने खोज तथा अनुशन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात पर्नेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । उद्योग धन्दामा सफलता प्राप्त हुँनेछ भने आर्थिक समस्या समाधान भएर जानेछ । ऋण, रोग तथा शत्रुबाट छुटकरा मिल्ने समय रहेकोछ भने प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त तथा जीवनसाथी सँग असमज्दारि बढ्नाले केहि महत्वपुर्ण कामहरु रोकिन सक्छ ध्यान दिनुहोला । रमाईलो यात्राको अवसर जुर्ने भएपनि आफ्नै कमी कमजोरिले समयमा गन्तब्यमा पुग्न कठिन रहेकोछ । अन्य काममा व्यास्य हुँदा अध्ययन अध्यापन अधुरै रहनेछ । एकल तथा साझेदारि व्यापार व्यावसायमा फस्टाएर जाने भएपनि साझेदारहरुबिच मनमुटाव बढ्ने योग रहेकोछ । माया प्रेममा आत्मियताको कमि हुँने तथा मनमुटाव बढ्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनु होला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज प्रभावित हुँनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने हुँनाले लगानि बढाउन केहि समय पर्ख र हेरको रणनिति अपनाउँदा राम्रो हुँनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाई अरु दिन भन्दा सुध्रियर जानेछ । सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने योग रहेको छ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झिनेछन् । व्यापारिक माहोलमा दिन बित्ने तथा व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । मिठा मिठा परिकारका साथ रमाउँन सकिने तर खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समय राम्रो रहेकोले राजनिति तथा समाजसेवामा जनतासँगै रहेर काम गर्न सकिने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा सधैझै दिईने समयबाट मुक्ति मिल्नेछ । कृषि तथा पशुपालन व्यावसायमा समय दिन सकिने हुँदा आम्दानि बढ्नेछ । आफन्त तथा आमाबाट उचित सल्लाह पाईने हुँदा अगाडि बढ्न सहज हुँनेछ । प्रेममा नजिक हुँने समय रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

हरेक काममा प्रतिश्पर्धिहरु हावि हुँनेछन् भने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनुहोला । मोजमस्तिमा मन जानेहुँनाले अध्यन तथा अध्यापनमा पछि परिनेछ । प्रेम प्रसङगमा रमाउँन चाहनेहरुका आजको दिन उत्तम नहुँन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । दाजुभाई तथा छिमेकि सँग सन्तुलित व्यावहार गर्नुहोला मनमुटाव बढ्न सक्छ ।
यो राशीफल ज्योतिषी दुर्गा प्रसाद भण्डारीले काठमाडौबाट उपलब्ध गराउँनु भएको हो । चिना बनाउँन तथा कुण्डली बिश्लेषणका लागि ९८५११७८४५९ मा सम्पर्क गर्नुहोला ।
तपाईको दिन शुभ रहोस ।

तपाईंको प्रतिक्रिया दिनुस्