अष्ट्रियाकी विदेशमन्त्री करिन काठमाडौँमा

label सुदूर खबर संवाददाता query_builder February, 21 2019

काठमाडौं, फागुन ९ । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज (बिहीबार) अपराह्न राजधानी आइपुगेकी छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आएकी उनले आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।

विदेशमन्त्री करिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अष्ट्रियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदी र परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले स्वागत गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।