यस्ता प्राकृतिक छठाहरु भएकै कारणले विश्वको सुन्दर देशको पहिले स्थानमा परेको रहेछ नेपाल, हेर्नुहोस फोटोफिचर

label सुदूरखबर संवाददाता query_builder March, 05 2019

बेलायतको ट्राभल गाइड बुकले पर्यटकीय गन्तव्यका लागि विश्वका १० सुन्दर देशहरुको सुची प्रकाशित गरेको छ। त्यस मध्य भ्रमणका लागि नेपाल पहिलो नम्बरमा परेको छ ।  सन् २०१६ मा भ्रमणका लागि बेलायतको   रफ गाइडले प्रकाशित गरेको  विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको हो   ।

मुस्तांगकाे हिमाली क्षेत्र

०७२ साल वैशाख १२ गते गएको भूकम्पले थिलो थिलो भएको नेपालको पर्यटन व्यावसाय माथि उक्लदै गएको छ भन्दै गाईडले नेपाल भ्रमण गर्न योग्य सुन्दर देश भनेको छ । रफ गाईडले नेपालको  ट्रेकिङ रुट, होम स्टे तथा विभिन्न  सांस्कृतिक क्षेत्रलाई पर्यटकीय आकर्षणको मुख्य  केन्द्र  भनेको छ । भूकम्पले आफ्ना प्रियजन गुमाउनुको पिडा ,अथाह धनजनको क्षतिका बाबजुत पनि नेपाली जनताको आत्मिय स्वागत र  व्यवहारलाई पनि नेपाली पर्यटन क्षेत्रको सुन्दर र सबल पक्ष भनेको छ । विभिन्न हिम श्रृँखला, जंगली जनावर तथा विविधताले भरिपूर्ण  नेपाली जंगलहरुलाई  पर्यटनका लागि उत्कृष्ट  रहेको बताईएको छ  । रफ गाइडको १० देशको सूचीमा  नेपाल पहिलो ,कोलम्बियालाई  दोस्रो नम्बरमा राखिएको छ  । क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा  श्रीलंका दशौं नम्बरमा परे पनि भारतलाई भने कुनै पनि सुचिमा राखिएको छैन   ।

तपाईंको प्रतिक्रिया दिनुस्