कतै तपाईलाई पनि ग्याष्ट्रिकले सताईरहेको छ भने अब घरमै बसी बसी उपचार बिधी अपनाई अपनाउनुहोस केही दिनमै छुटकरा पाईने

label समाचार प्रकाशक query_builder March, 06 2019

ग्याष्ट्रिकका बिरामीलाई खुसिको खबर ! घरमै यसरी गर्नुहोस सजिलो उपचार केही दिनमै छुटकरा पाइन्छ
ग्यास्ट्रिकका उपचार अब आफैँ गर्न सकिने
ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी
लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने,
खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको
खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु,
पेट भारी हुनु, आपन वायु बढ्ने आदि लक्षण देखा पर्नु नै
यसको लक्षण हो । यसबाट बच्ने घरेलु उपायहरू धेरै छन् ती
मध्ये केही यहाँ भनिएको छ

बेसारको पात
बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको
एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो
गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
अम्बाको पात
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् ।
यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
आलुको जुस
आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर
पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि
पिउनुहोस् ।

अदुवा
ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको
रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो
समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग
पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।
बेकिङ सोडा

बेकिङ सोडामा धेरै मात्रामा Antacid भएको कारण यसले ग्यास्ट्रिकको समस्या
हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस्
र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।
दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर
मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले
ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।
हिंग

हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा
राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या
हट्दै जान्छ ।
जिरा बिउ
एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र
केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन
गर्नुहोस् ।
लसुन
२ ३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस्
। ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको गेडालाई पानीमा
राखी उमाल्नु र यसको सेवन गर्नु ।

चिकित्सकीय भाषामा ग्यास्ट्राइटिस भनेर चिनिने ग्याष्ट्रिक रोग आम नेपालीहरुमा परिचित रोग हो । यो रोगले प्राय हरेक नेपालीलाई कुनै न कुनै समयमा समस्या दिईरहेको पाईन्छ । किनभने हामी नेपाली खानपानमा कम ध्यान दिन्छौ । लामो समय खाना नखाइ भोक भोकै बस्ने, खाना भेट्टाएको बेला एकै पटक धेरै खाने, खानामा व्यालेन्स राख्नु पर्छ भन्नै कुरामा ध्यान नदिने कारणले पनि धेरै नेपालीलाई यो रोगले सताएको छ । खानपानकै गडबढीका कारण हुने रोग भएकोले हाम्रो खानपानलाई सन्तुलित गर्ना साथ ग्याष्ट्रिक रोगलाई धेरै टाढा राख्न सकिन्छ ।
आमाशयका भित्तामा भएको शुष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।
ग्यास्ट्रिकको हुनुको प्रमुख कारणहरु
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ र जीर्ण गरेर दुई समूहमा बाँडिएको छ । तीव्र तथा दीर्घ ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागि हानि गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ । यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधि एस्पिरिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन,ज्यादा मसलेदार, पिरो र नुन हालेको खानेकुरा, अस्वस्थ खानपान, ब्यायामको अभाव, तेलमा डुबाएका वा भुटेका खानेकुराहरू, रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज जस्ता चिल्लो र बोसोयुक्त पदार्थहरू, जाँड–रक्सी, धूम्रपान तथा सुर्तीजन्य पदार्थ, कोकिन जस्ता मादक पदार्थ पर्दछन् ।
जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली, खानपानशैली, मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ । जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ । अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, खाना खादा एकैचाेटी धेरै खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरे लगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ । व्यस्तता र भागदौडले भरिएको जीवन जिउनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासीनता र अनिद्राका रोगी, शारीरिक श्रम वा ब्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन् । लामो समयसम्म जाँडरक्सी, चिया, कफी, कार्बनिक पेय कोक, पेप्सी, आदि खानेमा पनि यो रोग ज्यादा देखिएको छ ।
ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि लाग्ने गर्छ । यसैगरी पेटको अपरेसन, कलेजो, मृगौला, फियो तथा आन्द्राका रोग, एचआईभी एड्स र विशेष मानसिक रोगावस्थामा पनि यो देखा पर्न सक्छ ।
जटिलताहरूः
-यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ ।
-भिटामिन बी ९१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।
ग्याष्ट्रिकका लक्षणहरू
-छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने
-पेट पोल्नु
-पेट भारी हुनु
-रिंगटा लाग्नु
-टाउको दुख्नु
-पेट फुल्नु
-भोक हराउनु
-अम्लपित्त बढ्नु
-वाकवाकी लाग्ने
-वान्ता हुने
-ढ्याउ–ढ्याउ आउनु
-पेट हुडल्नु
-तौल कम हुनु
समस्या समाधानका उपायहरु
-खाना समयमा खाने गर्नुहोस्: ग्याष्ट्रिक भएकाहरुले सकेसम्म प्रत्येक दुईरदुई घन्टाको फरकमा खाना खाने गर्नु पर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिन्छ र ग्याष्ट्रिक हुन्छ ।
-प्रशस्त पानी पिउनुहोस्: लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम हुन्छ । तर पानीकै मात्रा त हो नि भनेर कोक, पेप्सी, फेन्टाजस्ता कोल्ड ड्रिङ्क्स पिउने गर्नु हुँदैन, यस्ता वस्तुले पेटमा ग्यासको मात्रा बढाउँछन् ।
-कागती पानी पिउने गर्नुहोस्: पेटमा धेरै ग्यास भरिएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउन मद्दत गर्दछ भने पेटलाई फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यासको मात्रा कम हुन्छ र दुखेको पेट पनि सन्चो हुन्छ ।
-लसुन पानी पिउने गर्नुहोस्: विहान उठ्नासाथ दुई वा तीन पोटी लसुन पानीसँग निल्ने गर्नुहोस् यसले ग्याष्ट्रिक भएकाहरुलाई निक्कै फाइदा गर्छ भने उच्च रक्तचाप भएकाहरुलाई पनि यो निक्कै गुणकारी हुन्छ ।
-कार्बोहाइड्रेडजन्य खानेकुरा कम खाने गर्नुहोस्: पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले मकै, राजमा, बन्दा, प्याज, वियर, वाइन जस्ता खानेकुरा नखानुहोस् ।
-दूध नपिउनुहोस्: सामान्य अवस्थामा दूध शरिरको लागि लाभदायक भए पनि ग्याष्ट्रिक भएकाहरुलाई दूधले फाइदा भन्दा हानी बढी गर्दछ । ग्याष्ट्रिक भएकाहरुको पाचन प्रकृया कमजोर हुने भएकोले दूध पचाउन निक्कै कठिन हुन्छ त्यसैले दूध नपिउनु नै उत्तम हो । तर दही तथा दूधबाट बनेका अन्य हल्का परिकारहरु भने खादा हुन्छ ।
-अदुवा: ग्यासको समस्यामा अदुवा सबभन्दा राम्रो औषधि हो । अलिकति सुखेको अदुवा चियामा हालेर पिउनाले ग्यासमा तत्काल राहत पुग्छ । अदुवामा एन्टी बैक्टिरियल र एन्टी इन्स्लामेट्री तत्व पाइन्छ । अदुवा खानाले ग्यासको समस्या उत्पन्न गर्ने जिवाणु समाप्त हुन्छ । अदुवाको एक टुकडा घ्यूमा तताएर बीरे नूनसँग खाँदा ग्यासबाट छुटकारा पाइन्छ । सुक्खा अदुवाको काढा बनाएर पिउँदा पनि हुन्छ ।
पाइनेपल: पाइनापलमा पाचक एन्जाइम्स पाइन्छ । पाइनापल पाकेको मात्र खानुपर्छ । काचो पाइनापलले पेटलाई झन नोक्सान नै पुर्यारउछ ।
मही: बिहान खाना खाएपछि महीमा अलिकति मेथी दाना, बेसार, हिंग, जिरा मिलाएर पिनेको पाउडर मिलाएर पिउनुस् । ग्यास र एसिडीटीको समस्या समाप्त हुन्छ ।
-जीरा: जीरा खानाले पनि डायजेस्टिव सिस्टमको समस्या समाधान हुन्छ । त्यसैले ग्यासको समस्या हुँदा एक चम्चा जीरा पाउडर चीसो पानीमा घोलेर पिउनुस् ।
-बेसार: बेसार एन्टी इन्स्लामेन्ट्री र एन्टी फगल तत्व पाइन्छ । यो अनेक विमारीमा औषधिको काम गर्छ । अलिकति बेसार पाउडर चिसो पानीसँग लिनुस् र यसपछि केरा वा दही खानुस् ।
नरिवल पानी: नरिवल पानीमा भिटामीन ए पोषक तत्व भरपुर हुन्छ तर साथै यसले ग्यासको समस्यामा औषधिको काम गर्छ ।
-रेसा र चोकरयुक्त खस्रामोटा खानेकुरा: हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग, सब्जी, सलाद, फलफूल, अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ।
तुलसी: तुलसीले अनेक विमारीमा औषधिको काम गर्छ । प्रत्येक दिन चार/पाँच तुलसीको पात खानाले ग्यासको समस्याका साथ साथ पेटको अनेक समस्याहरुको पनि समाधान गर्छ । तुलसीको चिया बनाएर वा त्यसको रस पिउनाले पनि तत्काल फाइदा हुन्छ ।
-ल्वांग: ल्वांग चुस्दा वा ल्वांग पाउडर महकासाथ लिनाले पनि ग्यास्ट्राइटिसमा समस्यामा राहत पुग्छ ।
मेवा: मेवामा बीटा केरोटीन भरपुर मात्रामा पाइन्छ । यसमा खाना चाडै पचाउने तत्वहरु पाइन्छ । यसमा पेपिन नामको एन्जाइम पनि पाइन्छ । यो शरीरको लागि अत्यन्तै लाभदायक हुन्छ । ग्यासको समस्या भए खाना थोरै खानुस् र खाना पछि अलिकति बिरे नूनका साथ मेवा खानुस् । कब्जियत र ग्यास दुवै समस्याबाट छुटकारा पाइन्छ ।
-पुदिना: पुदिनाको पात चपाउनुस् वा पुदिनाको चिया बनाएर पिउनुस् ग्यासको समस्याबाट छुटकारा पाइन्छ ।
-मरिच: अलिकति मरिचको धुलोमा मह मिलाएर लिदा ग्यासमा राहत मिल्छ ।
-कार्बोहाइड्रेट कम खाने: पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।
-खाना समयमा खाने: ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।
-अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
-नियमित योगा बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता योगा विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
-पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो९हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।
-सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।
-शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि, योगासन, योगनिद्रा, ध्यान विधिको अभ्यास गर्नुपर्छ । सकारात्मक चिन्तनलाई जीवनको अन्तिम अंग बनाउनुपर्छ ।
-दुखाइ कम गर्ने तथा अन्य औषधि चिकित्सकको परामर्शमा मात्र लिने गरौं ।
-कलेजो, मृगौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं ।
-पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

तपाईंको प्रतिक्रिया दिनुस्