गोपनियतालाई ध्यान दिने फेसबुकका संस्थापक जुकरवर्गको प्रतिवद्धता

label सुदूर खबर संवाददाता query_builder March, 07 2019

काठमाडौं, फागुन २३ । फेसबुकका संस्थापक मार्क जुकरवर्गले सामाजिक संञ्जाल फेसबुकको गोपनियतामा उच्च ध्यान दिने बताएका छन्।

उनले फेसबुकलाई सार्वजनिकबाट गोपनियता केन्द्रीत थलो बनाउन चाहेको उल्लेख गरेका छन् । फेसबुकले प्रयोगकर्ताहरुको विवरणहरु दुरुपयोग गरेको भन्दै थुप्रै प्रकरणको सामना गर्नु परेपछि उनले एक ब्लग लेख्दै यस्तो प्रतिबद्धता जनाएका हुन ।

प्रयोगकर्ताहरुको विवरण लामो समयसम्म नराखिने पनि जुकरवर्गले स्पस्ट पारेका छन् । उनले फेसबुक र इन्टाग्रामले मानिसहरुलाई आफ्ना प्रियजन, साथी र परिवारका सदस्यहरुसँग सम्पर्कमा रहन सहयोग गरेको भन्दै यसको प्रयोग गर्दा खोजिएको गोपनियताको चाहनालाई पनि आफूहरुले पूरा गर्ने प्रयासमा रहेको बताएका छन् ।

जुकरवर्गले स्पष्ट समयसीमा नखुलाइकनै आगामी केही वर्षमा त्यस्तो परिवर्तन देखिने उल्लेख गरेका छन् । सन् २०१८ मा फेसबुकले झण्डै ५ करोड प्रयोगकर्ताका परिष्कृत विवरणहरु एक राजनीतिक परामर्शदाता कम्पनीलाई बेचेको थाहा भएसँगै यो कम्पनी विवादमा तानिएको थियो । फेसबुकका सन्देश सेवाहरु म्यासेन्जर र ह्वाट्सएप धेरै प्रयोगकर्ता हुनेमध्येका हुन् ।

  • एजेन्सी
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।