सुदूरपश्चिम प्रादेशिक महोत्सव : चक्र बमले नचाए डडेल्धुरेली दर्शक

label सुदूर खबर संवाददाता query_builder March, 08 2019

डडेल्धुरा, फागुन २४ । पछिल्लो समयका चर्चित गायक एवं मोडेल चक्र बम शुक्रबार ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ डडेल्धुरामा आउने खबर पाएसँगै दर्शकको घुइँचो लागेको थियो। शुक्रबार अन्तराष्ट्रिय महिला दिवसको बिदाको दिन भएकाले पनि अरु दिनको तुलनामा दर्शकको बाक्लो उपस्थिती रहेको देखिन्थ्यो।

गायक बमको सांगीतिक प्रस्तुतिको पर्खाइमा थिए, डडेल्धुरेली दर्शक। जब गायक बम स्टेज चढे। दर्शक÷श्रोताले ताली बजाइ हाले। स्टेजमा चढ्नेबित्तिक्कै चक्रले सुरुमा आफ्नो चर्चित गीत सुनाइहाले ‘दारु सड्काउन्या…’

केही समयअघि बजारमा आएको यो गीतले चक्रलाई सफलताको शिखरमा पु¥याएको छ। ‘दारु सड्काउन्या हुँ’, ‘अबदेखि दारु चुरोट छुन्न विद्यानास’ लगायतका आधा दर्जनभन्दा बढी गीत गाए। दर्शक दीर्घाबाटै हात हल्लाउँदै उनका गीत सुन्नुका साथै छमछमी नचाएका थिए दर्शकहरु।

‘दारु सड्काउन्या हुँ’ ले केही विकृति ल्याएको अरोप आएपछि आफूले पछिल्लो पटक ‘विद्या कसम दारु खान्नँ’ बोलको गीत बजारमा ल्याएको पनि दर्शकलाई सुनाए। उनको ‘अबदेखि दारु चुरोट छुन्न विद्यानास’ गीत पनि दर्शकहरुले मन पराएका छन्।

डडेल्धुराको टुडिँखेलमा फागुन १७ गतेदेखि सञ्चालन भएको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७५’ फागुन २६ गतेसम्म संचालन हुनेछ।

 

‘जलविद्युत, कृषि, पर्यटन, जडिबुटी र जलाधार, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ फागुन २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र विभिन्न उत्पादित वस्तु एवं सेवाका स्टल समेत राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान डडेल्धुरा शाखाका अध्यक्ष लोकेन्द्र ओझाले जानकारी दिए।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।