पशुपति शर्माको गीतलाई मन नपर्ने प्रधानमन्त्री ज्यु विप्लवलाई लुटेरा भन्न पाइन्छ – रेखा थापा

label सुदूरखबर संवाददाता query_builder March, 09 2019

चर्चित अभिनेत्री रेखा थापा बेलाबेलामा चर्चामा आइरहने नाम हो । कहिले राजनीति र कहिले अरु नैं कारणले थापाको चर्चा हुने गरेको छ । यो बिचमा राप्रपा नेपालमा रहेकी थापाले सरकार र सिके राउत बिच भएको सहमति लाई ध्यानाकर्षण गर्दै कडा प्रतिकृया जनाएकी छिन ।

प्रधानमन्त्री ओलीले बोलेका केही शब्दहरुलाई लिएर अहिले जताततै टीकाटिप्पणी चलिरहेको बेला अभिनेत्री थापाले एक टेलिभिजनमा भनेकी छिन् हिजो गायक पशुपति शर्माको गीत सुनेर लुट् भन्न पाइन्छ भन्ने सरकार आज विप्लवलाई लुटेरा भन्न पाइन्छ भनेर आक्रोशित बनिन् रेखा थापा । अब सरकारले सीके राउत सँग मिले जस्तै विप्लव सँग पनि मिलेर देशलाई अगाडि बढाउनु पर्ने बताएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रति पनि थापाको कडा अभिव्यक्ति व्यक्त गरेका महिलाहरुले बन्दुक बोकेर गणतन्त्र आएको हो यो देशमा भनेर प्रचण्डले भनेपछि थापाले भनेका छन् । कहाँ आयो गणतन्त्र उनको घरमा उनको बुहारीलाई मात्र गणतन्त्र आएको हो भनेर प्रश्न समेत गरेका छन् ।

सरकास र सीके राउत बिचको सहमति पत्रमा के थियो पढ्नुहोस् ‏।

अलग मधेस राज्यको नारा दिएर केही वर्षयता विभिन्न गतिविधि गर्दै आएका सिके राउतले विखण्डनको राजनीति छाडेका छन् । राष्ट्र द्रोहको आरोपमा पक्राउ परेर पाँच महिना जेल बसेर बुधबार रिहा भएका राउतले सरकारसँग बिहीबार ११ बुँदे सहमति गरेका छन् ।

सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा रस्वतन्त्र मधेस गठवन्धनको तर्फबाट संयोजक राउतले हस्ताक्षर गरेका छन् ।सहमतिको पहिलो बुँदामै ‘नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो’ भन्ने उल्लेख गरिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्