प्लिज सेयर ! सिके राउतसंग राष्ट्रघाती संझौता गरियो भन्दै कुर्लिए रमेश प्रसाईं हेर्नुस भिडिय

label सुदूरखबर संवाददाता query_builder March, 11 2019

पब्लिक स्पिकर २ का बिजेता रमेश पर्साईले सरकार र सिके राउतबीच भएको सम्झौता राष्टघाती भएको बताएका छन् । नेपाललाई आफ्नो देश होइन, नेपालले हामीमाथि शोषण गर्यो लगायतका देशद्रोही अभिव्यक्ति दिदै स्वतन्त्र मधेशको परिकल्पना गर्ने डा सिके राउत जस्तो देशद्रोही संग सरकारले सम्झौता गर्नु दुखद कुरा भएको समेत उनले बताएका छन् । सामाजिक संजालका भाइरल व्यक्ति रमेश पर्सैले आफ्नो कडा अभिव्यक्ति दिएका छन् । चौराहमा बढेर कोर्रा हान्न पर्ने देश द्रोहिलई आज फूलमाला लगायर स्वागत गर्नु यो देशको ठुलो बिडम्बना रहेको समेत रमेशले आफ्नो आक्रोश ब्यक्त गरेका छन् ।

हिजोसम्मको देशद्रोही सिके राउतसंग सम्झौता गर्नु भनेको सिक्किममा जसरि संसद् बाटै भारतमा बिलय हुने निर्णय गरियो त्यसरी नै नेपालको मधेश पनि कालान्तरमा भारतमा बिलय गराउने खेल रहेको समेत रमेशले आरोप लगाएका छन् । समसामयिक बिषयमाथि आफ्नो धारणा राख्दै सबैको मन जित्न सफल भएका धरानका रमेश पर्साईले सामाजिक संजाल फेसबुकमा आफ्नो भिडियो सार्वजनिक गर्दै कडा प्रतिक्रिया दिएका हुन् । देशको बिरुद्दमा ब्यक्त गरेका अभिव्यक्ति अनुसार जेलमै कोचिनु पर्ने स मृत्युदण्डको सजाय हुनु पर्नेमा उसैलाई फूलमालाले स्वागत गर्नु जस्तो लाजमर्दो कुरा अर्को केहि नभएको रमेशको अभिव्यक्ति छ । पुर्खाहरुले बलिदान गरेर बचाएको देशलाई सजिलै संग जनमतको सम्झौता गर्नु देशद्रोही कदम भएको बताउदै उनले सिके राउतले आफुलाई मधेशका प्रतिनिधि भनेर चिनाउने गरेको भएपनि मधेशको असली प्रतिनिधि दुर्गानन्द झा, रामराजा प्रताप शिं, देबनारायण यादब लगायतका सपुत नै मधेशका सच्चा प्रतिनिधि रहेको भन्दै सिके राउतलाई सबैले बहिस्कार गर्न समेत आग्रह गरेका छन् ।

सामाजिक संजालको प्रयोग गर्ने सबै नेपालीले रमाइला गतिबिधिलाई थाती राखेर देशभक्ति भावना झल्किने खालको भावना व्यक्त गर्ने खालका गतिबिधि गरेर यस्ता देशद्रोही कदमको बिरोध गर्न समेत आग्रह गरेका छन् । आज हामीले देशको दिरुद्द्मा लाग्नेको बिरुद्धमा आवाज उठाउन सकेनौ भने भोलि नेपाल पनि सिक्किम जस्तै बिलय हुने निश्चित रहेको उनको दाबी छन् । सरकार र सिके राउत बीच भएको सम्झौताको बिषयमा सत्तापक्ष सरकारकै पार्टी भित्र समेत बिभाजन देखिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्