अमेरिकाद्वारा हुवाएसँग सहकार्य नगर्न जर्मनीलाई दबाव

label सुदूर खबर संवाददाता query_builder March, 12 2019

काठमाडौं, फागुन २८ । चिनियाँ टेलिकम कम्पनी हुवाएसँग सहकार्य नगर्न अमेरिकाले जर्मनीलाई दबाव दिएको छ । जर्मनीका लागि अमोरिकी राजदूत रिचार्ड ग्रेनेलले जर्मन सरकारलाई एक पत्र लेख्दै हुवाएसँग कुनै पनि सहकार्य नगर्न आग्रह गरेका हुन् ।

जर्मनीले ‘फाईभ–जी’ टेलिकम विस्तारको ठेक्का चिनियाँ कम्पनी हुवाएलाई दिने तयारी गरिरहँदा अमेरिकाले यस्तो चेतावनी दिएको हो ।

हुवाएसँगको सहकार्यले आफ्नो सुरक्षा गोपनियता भंग हुने अमेरिकाको तर्क छ । जर्मनीले चिनियाँ कम्पनीसँग सहकार्य जारी राखे जासुसी र अनुसन्धानमा अमेरिकाले सहयोग बन्द गर्ने चेतावनी पनि अमेरिकी राजदूतले दिएका छन् ।

जर्मनीले अमेरिकाको पत्र प्राप्त भएको पुष्टी गर्दै छिट्टै अमेरिकालाई यसको औपचारिक जवाफ दिने तयारी गरिरहेको जनाएको छ ।

  • एजेन्सी
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।