फेरी विश्वलाई आफ्नो चमत्कार देखाउदै चिनले बनायो अग्लो पहाडमा तिनतले तीस किलोमिटर हाईवे रोड

label समाचार प्रकाशक query_builder March, 12 2019

चीनको ताईयुआन शहरमा तीन तल्ला हाईवे बनेको छ । यसलाई देखेर तपाई आश्चर्य चकित पर्नु हुनेछ । अहिले यो ब्रिज स्थानीयहरुको लागी नयाँ हट स्पट बनेको छ, जहाँ आएर मानिसहरु सेल्फि लिन्छन् ।

चीनको उत्तर–पश्चिम इलाकामा शाक्सी प्रान्तमा यो हाइवेलार्इं बनाएको हो । यो हाइवे जमीनबाट १,३७० मीटर उचाईमा रहेको तियानलोंग पहाडमा बनेको छ । यो हाइवेको कुल लम्बाई ३० किलोमिटर छ । हाल यो हाईवेलाई सर्वसाधरणको लागी खोलीएको छ । यदि, चाडै नै ट्रायल पुरा भए पश्चात यसलाई सबैको लागी खोलीनेछ । ट्रायलको कैयौ चरण यहाँ पुरा भईसकेको छ । यो हाइवेको निर्माणको लागी करीब ७ हजार टन स्टीलको प्रयोग गरिएको छ । यो ब्रिजको उचाई ३५० मिटरको छ ।

यो हाइवे खुले पश्चात चाइनामा टप टुरिस्ट एट्रेक्शन बन्नेछ । चीनीया नागरीक यो पुललाई लिएर धेरै नै उत्साहि छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्