भारत-पाकिस्तानबीच वार्ताको प्रयास गर्ने जर्मनीकाे घाेषणा

label सुदूर खबर संवाददाता query_builder March, 13 2019

इस्लामाबाद : जर्मनका विदेशमन्त्री हेइको मासले भारत र पाकिस्तानका बीचमा वार्ताको वातावरण बनाउन प्रयास गर्ने बताएका छन्।

पछिल्लो समयमा उत्पन्न भएको दुई देशबीचको तनाव न्यूनीकरण गर्दै नयाँ दिल्ली र इस्लामाबादलाई एउटै टेबुलमा ल्याउने प्रयास गर्ने उनले मङ्गलबार बताएका हुन्।

इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भारत र पाकिस्तानको पछिल्लो तनावपूर्ण अवस्थाका बारेमा मलाई चासो लागेको छ, मैले यसलाई न्यूनीकरण गराउने प्रयास गर्नेछु।’ उनले वार्ताबाटै समस्या समाधानको बाटोमा दुवै देश आउने विश्वास पनि व्यक्त गरेका समाचारमा जनाइएको छ।

दुई दिने भ्रमणका लागि उनी मङ्गलबार इस्लामाबाद आइपुगेका हुन्। भारत प्रशासित काश्मिरको पुलवामा गत फेब्रुअरी १४ तारिखका दिन भएको आतङ्कवादी हमलामा परी ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच फेरी तनाव बढेको छ।

  • रासस/एएनआई
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।