लोकसेवा आयोगले ठूलो संख्यामा खरिदार माग्यो, एसएलसी पास गरेकाले पनि दिन पाउने (शेयर गरौ)

label सुदूर खबर संवाददाता query_builder March, 13 2019

लोकसेवा आयोगले दैभरबाट खरिदारका लागि दरखास्त आव्हान गरेको छ। आयोगले बुधबार विज्ञापन सार्वजनिक जारी गर्दै निजामती सेवका सेवा, समूह, उपसमूह का राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरु दरखास्त आह्वान गरेको हो ।

आ.प्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको लोकसेवाले जनाएको छ। १४ वटै अञ्चल कार्यालय अन्तरगग माग भएको खरिदारका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारले आवदेन गर्न सक्नेछन् ।

परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरर्वार्ता हुने लोकसेवाले जनाएको छ। आवदेन फारम अनलाइनमार्फत भर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

न्याय सेवा, न्याय, कानून र सरकारी वाकिल समूह थता व्यवस्थापिका संसद सेवाका सामान्य प्रशासनका लागि एसएलसी उतिर्ण भएकाहरुले दरखास्त दिन सक्ने आयोगले जनाएकाे छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।