साफ महिला च्याम्पियनसिप : माल्दिभ्सको पोस्टमा भारतको ६ गोल

label सुदूर खबर संवाददाता query_builder March, 13 2019

काठमाडौं, फागुन २९ । विराटनगरको सहिद रंगशालामा जारी साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा भारतले माल्दिभ्समाथि सहज जित हासिल गरेको छ । बुधबार भएको समूह ‘बी’को खेलमा भारत ६–० ले विजयी भएको हो ।

भारतले मध्यान्तरअघि ५ तथा मध्यान्तरपछि एक गोल गरेको थियो । अहिलेसम्म भएका संस्करणमा अपराजित भारतको यो २०औं अपराजित खेल हो ।

भारतका लागि सञ्जुले २ गोल गर्दा ग्रेस डाङमी, सन्धिया रंगथनाथ, इन्दुमती काथिरसेन र रतनबाला देवीले एक/एक गोल गरे । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानमाथि ३–० गोलको जित दर्ता गरेको थियो ।

नेपालले चैत २ गते समूहको आफ्नो अन्तिम खेलमा बंगलादेशसित प्रतिस्पर्धा गर्नेछ । बिहीबारको खेलमा भुटान र बंगलादेश खेल्नेछन् ।

भुटानले पहिलो खेलमा नेपालसित पराजय व्यहोर्दा बंगलादेशले पहिलो खेल खेल्दैछ । यो खेलमा बंगलादेश विजयी भए नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुग्नेछ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।