जापानमा ५.२ म्याग्नीच्युडको भूकम्प

label सुदूर खबर संवाददाता query_builder March, 13 2019

टोकियो । जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ ।

स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे अपराह्नमा सो भूकम्प आएको सो निकायले जानकारी दिएको थियो । यस भूकम्पपछि सुनामीको सुचना भने जारी नगरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

वाकायामा प्रान्तको सात ओटा क्षेत्रमा यस भूकम्पको कम्पन बढी महसूस गरिएको समाचारमा जनाइएको छ । तोकुशिमानजिकै रहेको क्षेत्र बढी प्रभावित भई आएको यस भूकम्पलाई जापानको भूकम्प मापन क्षेत्रले भने ४ म्याग्नीच्युडको मात्र मापन गरेको जानकारी दिएको छ ।

भूकम्पबाट प्रभावित भएको यस इलाकालाई शिगा, ओसाका इयोगो र नारा प्रान्तले घेरिएको छ । हालसम्म यस भूकम्पछि मानवीय र सपत्ती क्षतिको कुनै समाचार प्राप्त भएको छैन ।

  • रासस/सिन्हवा
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।