आठौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमबाट कराँतेका खेलाडी छनौट

label सुदूरखबर संवाददाता query_builder March, 13 2019

कैलाली, फागुन २९ । नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट कराँतेका खेलाडी छनौट गरिएको छ।
करातेका विभिन्न विधामा १३ जना पुरुष र महिला खेलाडीहरु राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका हुन्।

कराँतेको कुमुते (फाईट) तर्फ पुरुषमा ५५ किलोमा कमल वली, ६० किलोमा जगतसिह धानुक, ६७ किलोमा दिनेशराज पनेरु, ७५ किलोमा लोकेश पार्की र ८४ किलो भन्दा माथिमा सागर शाही छनौट भएका छन्।

 

यस्तै सोही विधाको महिलामा ४५ किलोमा बर्षा साउद, ५० किलोमा पुष्पा मडै र ६८ किलोमा शर्मिला घर्तीमगर छनौट भएका छन्।
यस्तै करातेको एकल कातामा पुरुष तर्फ ललित खत्री र महिला तर्फ बर्षा साउद छनौट भएका छन्। यस्तै करातेको टिम कातामा शेर वहादुर धानुक, धर्मेन्द्र रेग्मी र जगतसिह धानुक छनौट भएका छन्।

तपाईंको प्रतिक्रिया दिनुस्