विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, ८ जनाको मृत्यु

label सुदूर खबर संवाददाता query_builder March, 14 2019

साओ पाउलो- ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा ८ व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा ८ व्यक्तिको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमहरुले बताइएको छन्।

साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, ‘सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको छ।’

ब्राजिलका धेरैजसो सञ्चारमाध्यमले ५ जनाको मृत्यु भएको बताएका छन्। तर, यहाँको प्रसिद्ध एक टेलिभिजन टिभी ‘ग्लोबो’ले दुई किशोरले गोली चलाएको हुनसक्ने र जम्मा ८ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार प्रशारण गरेको छ। सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा १७ जना घाइते भएका छन्।

  • रासस/एएफपी
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।