कैलाली : वडा कार्यालयमा शंकास्पद बस्तु भेटियो

label सुदूर खबर संवाददाता query_builder March, 14 2019

कैलाली, फागुन ३० । कैलालीको जोशीपुर गाउँपालिकाको वडा कार्यालयमा शंकास्पद बस्तु फेला परेको छ । वडा नम्बर ५, ६ र ७ को संयुक्त कार्यालयमा शंकास्पद बस्तु फेला परेको हो ।

तीनवटै वडाको कार्यालय एउटै घरमा छ । वडा कार्यालयको बरन्डामा रातो कपडाले बेरेको अवस्थामा उक्त बस्तु फेला परेको हो । शंकास्पद बस्तुको पहिचान गर्न र निष्क्रिय तुल्याउन सेनालाई खबर गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।