डोटीमा परिवर्तन परियोजना शुरु

label सुदूर खबर संवाददाता query_builder March, 14 2019

झलक पाली/सुदूरखबर।
डोटी, फागुन ३० । डोटीमा परिवर्तन परियोजना शुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, डिसिएको व्यवस्थापन र इनलोगोजको प्राविधिक सहयोगमा सम विकास केन्द्र (इडिसि) नेपाल डोटीमार्फत उक्त परियोजना लागू भएको हो ।

जिल्लाको शिखर नगरपालिका, जोरायल गाउँपालिका र के. आइ.सिंह गाउँपालिकामा परियोजना लागू भएको इडिसिका परिवर्तन परियोजनाका जिल्ला संयोजक महेश परियारले जानकारी दिए ।

स्थानीय स्तरको शुशासन प्रक्रियामा सम्पूर्ण नागरिकहरुको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने प्रमुख उद्देश्यले परियोजना लागू भइरहेको इडिसि डोटीका अध्यक्ष अधिराज विसीले बताए ।

परियोजनाअन्तर्गत नागरिक समाज संस्थाको क्षमता विकास तथा परिचालन, सार्वजनिक सेवामा नागरिकको पहुँच वृद्धि, नागरिक तथा स्थानीय सरकारसङ्ग समन्वय र सहकार्य गर्ने, विद्युतीय शुशासन प्रविधिको प्रवर्द्धन गर्दै सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्ने र जीविकोपार्जनका साथै नागरिक अभियानमा सहयोग गर्ने मुख्य कामहरु रहेकोे डिसिएका राष्ट्रिय निर्देशक डेभिड स्मिथले बताए ।

  

जिल्लाका ९ वटा स्थानीय तहमध्ये परिवर्तन परियोजना लागु भएका ३ वटै स्थानीय तहको तुलना गर्दा फरक देखिने गरि काम गर्न जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले शुभकामना दिए ।

परियोजनाभित्र धेरै विसय क्षेत्रमा काम गर्नुभन्दा एउटा कुनै विशेष विसयमा केन्द्रीत भएर काम गर्नसके राम्रो हुने डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

परियोजनाले गर्ने कामबाट उपलब्धि देखिने गरि काम गर्न स्थानीय तहसङ्ग समन्वय र सहकार्य बढाउन दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले बताइन् ।

परियोजना अवधिमा निरन्तर समन्वय गरि अगाडी बढ्न र आफुबाट हुने सहयोगका लागि तत्पर रहेकोे गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु कठायतले बताए ।

परिवर्तन परियोजना फेव्रुअरी २०१९ देखि डिसेम्बर २०२२ सम्म डोटीमा संचालन हुने विहिबार सिलगढीमा सम्पन्न परियोजनाको जिल्ला स्तरीय परिचयात्मक कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रममा सहभागीहरुले परियोजनाबारे आ–आफ्ना सुझाव सल्लाह दिएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।