पशुपति शर्मालाई टक्कर दिँदै झंकार बुढाले ल्याए ‘लुट्नु हुन्न देश’ (भिडियोसहित)

label सुदूर खबर संवाददाता query_builder March, 14 2019

काठमाडौँ, फागुन ३० । गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतलाई काउन्टर दिने गरि गायक झंकार बुढाले ‘लुट्न हुन्न देश कान्छा लुट्न देश’ बोलको गीत सार्वजनिक गरेका छन् ।

केहि महिना अगाडी मात्रै सार्वजनिक भएको गायक पशुपति शर्माको उक्त गीत निकै बिवादित बनेको थियो । शर्माको गीतले चौतर्फी निराशा छरेको भन्दै आलोचना भैरहेको बेला गायक बुढाले भने देश लुट्न हुन्न भन्ने संदेश दिँदै गीत गाएका हुन् । उनको गीतमा भनिएको छ, ‘आफ्नै देश लुटे पछि के हुन्छ र शान, लुट्न हुन्न देश कान्छा लुट्न देश, देश लुटी खाको पैसा हुन्न कहिल्यै बेश ।’

उनको गीतले सबै नेपालीलाई एकजुट हुन आब्हान गरेको छ । देश लुट्नेहरुलाई बेलैमा पहिचान गरि भ्रष्टचाररहित मुलुकको परिकल्पना उनको गीतले गरेको छ । एकता र राष्ट्रियताको संदेश दिने खालको उनको गीतलाई चौतर्फी रुचाइएको छ ।

हेर्नुस् भिडियो :

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।