ज्येष्ठ नागरिक र सरोकारवालाबीच अन्तक्रिया

label सुदूर खबर संवाददाता query_builder March, 14 2019

प्रेमसिंह बिष्ट/सुदूरखबर।
अत्तरिया, फागुन ३० । गोदावरी नगरपालिकामा ‘ज्येष्ठ नागरिक’ सम्बन्धि सरोकारवाला बीचको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गोदावरी नगरपालिकाको आयोजनमा बिहीबार एक दिने ज्येष्ठ नागरिक सम्बन्धि सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ज्येष्ठ नागरिक, युवा बालबालिका र कर्मचारीको भूमिका विषयमा छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता वडा नम्बर ६ का वडाअध्यक्ष वीरबहादुर चोखालले गरेका थिए ।

गोदावरी नगरपालिकाकी महिला शाखा अधिकृत अनिता बुढाऐरले अन्तरक्रिया कार्यक्रमको प्रशिक्षण गरेकी थिइन् । कार्यक्रममा धारण राख्ने ज्येष्ठ नागरिकहरुले आफूहरुले राज्यबाट प्राप्त हुने विभिन्न सुविधा सहुलियतमा पाउनुपर्ने, अस्पतालमा पनि उपचारमा पनि छुट गर्नु पर्ने बताएका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा १२ वटा वडाबाट स्थानीय युवा क्लव, बाल क्लव र संघसंस्थाका कर्मचारी र ज्येष्ठ नागरिकहरु गरी जम्मा ६० जनाको सहभागिता रहेको थियो।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।