विप्लवले मलाई नै एक नम्बरमा मार्ने निर्णय गरेछन् : प्रचण्ड

label सुदूर खबर संवाददाता query_builder March, 14 2019

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेत्र बिक्रम चन्द बिप्लव समुहले मलाई नै एक नम्बरमा मार्नु पर्छ भनेर माइन्युट बनाएको भेटिएको खबर पाएको बताएका छन् ।वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दे सो कुरा बताएका हुन् । प्रचण्डले ‘पछिल्लो चरण मेरै कार्यालयको सचिव बसेको विप्लव समुहले प्रचण्डलाई नै एक नम्बरमा मार्न पर्छ भनेर उहाँहरुले माइन्युट गर्नु भएको रहेछ र टीम पनि खटाएको छ रे मलाई ती साथीहरु सम्झदा दयाँ र माया लागेर आयो’ उनले भने । उनले प्रश्न गरे के मलाइ मारेर संघीय लोकतन्त्र गणतन्त्र बच्ने हो त ? मलाइ यस्ता साथीहरु देखि माया पनि दया लागेको छ, उनले भने ।

अलिक गम्भीर भएर सोच्न विप्लव समुहलाइ आग्रह समेत गरेका थिए । उनले भने परिस्थिति अनुसार चल्न सुझाव दिएका छन् । महान् सहिद तथा बेपत्ता योद्वाको आदरणिय परिवार जनहरुको अगाडि उभिएर म साथीहरुलाई एक चोटी निधार खुम्चाएर सोच्न आग्रह गर्दछु । परिस्थिति ५२ सालको जस्तो छैन यो ७५ साल हो र ठुलो राजनितिक परिवर्तन हाम्रै कारणले आएको हो उनले भने ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।