मधुमेहका बिरामीका हरुले यस्ता घरेलु औषधीको सेवनले केही दिनमै जरै देखी निर्मुल पार्ने सकिने

label सुदूरखबर संवाददाता query_builder March, 14 2019

त्रिवि शिक्षण अस्पतालकी पोषणविद् नानीशोभा शाक्यका अनुसार मधुमेहका रोगीले के खाने भन्दा पनि कति र कसरी खाने भन्ने कुरामा ध्यान दिनु पर्छ । मधुमेहका रोगीले सबै खानेकुरा मिलाएर खानु पर्छ। तर बढी चिल्लो र गुलियो खानेकुराहरू भने खानु हुँदैन ।

कसैलाई मधुमेह लाग्यो कि यो खान हुन्न, त्यो खान हुन्न भन्ने गरेको सुनिन्छ । कतिपयले कुनै खाने कुरा रोग बढ्ने डरले छुँदा पनि छुँदैनन् । कतिले चाहिँ घुमीफिरी कार्बोहाइड्रेट नै बढी खाइरहेका हुन्छन् । कतिले उसिना चामलको भात टन्न खाने गरेको पनि पाइन्छ । कडा मधुमेहका बिरामी जसको शरीरमा कहिलेकाहीं ग्लुकोजको मात्रा धेरै घटेर पसिना आउने, रिंगटा लाग्नेजस्ता समस्या आउँछन् ।

त्यस्तो बेलामा यस्ता खानेकुरा खानुपर्छ:

१. मधुमेहका बिरामीले भात कम खाने बहानामा अन्य अन्न तथा कार्बोहाइड्रेट खाने चलन पनि छ । यसो गर्नु गलत हो । बरू यसको साटो अन्नका सबै परिकार मात्रा मिलाएर खाँदा असर पर्दैन । आफ्नो कामको प्रकृति, शारीरिक संरचना, उमेर र लिङ्गअनुसार यी सबै खालका खानेकुराको मात्रा मिलाएर खान सकिन्छ ।

२. यी खाने कुरा खाँदा अन्नको सबै समूह समावेश गर्न सकिन्छ । त्यसैगरी प्रोटिनयुक्त खानेकुराको मात्रा, नजम्ने प्रकारका चिल्लो पदार्थबाट बनेका खानाहरू, खनिज तथा भिटामिनयुक्त खानाहरू खानु पर्छ। तर धेरै चिल्लो र गुलियो खानेकु्रा भने खानु हुँदैन । आलु, पिँडालु, सखरखण्डजस्ता खानेकुरा खानु परेमा भात, रोटी खानु हुँदैन ।

३. यसमा पनि शारीरिक श्रम गर्नेहरूले अन्य मधुमेहका रोगीको तुलनामा केही मात्रा थप गरी खान सक्छन् । श्रम नगर्नेहरूले भने सबै खानाहरूको कम मात्रा मिलाएर खान सकिन्छ । यसो गर्दा शरीरमा चिनीको मात्रा बढ्न पाउँदैन ।

४. वृद्ध उमेर भएका मधुमेहका रोगीले पनि सबै थरिका खाना कम मात्रामा खान सक्छन् ।

५. मधुमेह बिरामीको तौल बढी छ भने तौल घटाउन सकेसम्म कम खाने र नियमित कम्तिमा आधादेखि एक घण्टा हिँड्नु पर्छ । अन्य किसिमका मधुमेहका बिरामीले पनि अनिवार्य
रूपमा व्यायम र हिंडडुल गर्नु आवश्यक छ ।

मधुमेह बिरामीका लागि औषधिको मात्रा दिएझैं एरोबिक कसरतको पनि सही मात्रा लिखित रुपमै दिन सकिन्छ, जसले गर्दा बिरामीलाई कसरत गर्दा कुनै प्रकारको भ्रम र निराशा हुँदैन । मधुमेह रोगको प्रमुख विशेषता नै मानिसको रगतमा ग्लुकोज (सुगर) को मात्रा खाना खानुअघि या खाएपछि वा दुवै अवस्थामा तोकिएको मात्रा भन्दा बढी देखिनु हो । मानिसको शरीरमा प्याङक्रियाज भन्ने ग्रन्थी हुन्छ, जसले इन्सुलिन होर्मोन उत्पादन गर्छ । इन्सुलिनको मुख्य काम भने रगतमा भएको अधिक ग्लुकोजलाई मांशपेशी वा कलेजोभित्र पठाउनु हो । मधुमेह रोगमा सो ग्रन्थीबाट कम मात्रामा इन्सुलिन होर्मोन निस्किन्छ अथवा इन्सुलिन होर्मोनको कार्यक्षमतामा नै कमी आउँछ, जसको कारण सुगरको मात्रा रगतमा बढी हुन जान्छ ।

‘५ सय एमजीको मेटफर्मिन चक्की दिनमा दुई पटक गरी एक महिनासम्म खानुहोस्’ भन्ने वाक्यांश मधुमेहका बिरामीका लागि नौलो नहोला । तर, ‘कसरतका लागि बिहान सधैं आधा घन्टा हिँड्नुहोस्’ भन्दा केही सूचना अपुग भएको भान हुन्छ । ‘के आधा घन्टा हिँडेर मलाई चाँहिदो फाइदा हुन्छ त ? अथवा म कतिसम्म छिटो हिँड्नु पर्ने होला, या हिँड्नुसँगै अरु केही गर्नुपर्छ कि ? हिँड्नु बाहेक अरु केही उपाय छ त ?’ यस्ता थुप्रै कौतुहलता मधुमेहका बिरामीमा हुन सक्छ । मधुमेहका बिरामीले व्यायाम गर्नुपर्छ भन्ने कुरासम्म बुझेका हुन सक्छन् तर कति र कस्तो व्यायाम गर्ने भन्ने धेरैलाई थाह नहुन सक्छ ।

एरोबिक कसरत के हो ?

एरोबिक कसरत यस्तो शारिरीक गतिविधि हो जसले मुटुको धड्कनको साथै स्वासको गतिलाई पनि बढाउँछ र शरीरका विभिन्न मांशपेशीलाई सक्रिय बनाउँछ । लम्किँदै हिँड्नु, दगुर्नु, उकालो हिँड्नु, नाच्नु, उफ्रनु, पौडिनु, साइकल चलाउनु आदि एरोबिक कसरत हुन् । यसैगरी नेपालको परिपेक्षमा बारी वा खेतमा काम गर्नु, पँधेरोबाट पानी बोकेर ल्याउनु, गाउँघरमा उकालो-ओरालो हिँड्नु, नदीमा डुंगा खियाउनुजस्ता दैनिक काम पनि एरोबिक कसरतभित्रै पर्छन् ।

एरोबिक कसरतको तह

एरोबिक कसरतको तहले हामीले गर्ने कसरतको सजिलोपना वा गाह्रोपनालाई दर्शाउँछ । अमेरिकन कलेज अफ स्पोर्ट्स मेडिसिनका अनुसार एरोबिक कसरतका पाँच तह छन् । यसलाई मुटुको धड्कनको गति अथवा नाडीको गति अनुसार विभाजित गरिन्छ । मानौं, एक मधुमेह रोग लागेको महिला ५० वर्षको हुनुहुन्छ र उहाँ आरामसहित मेचमा बस्दा उहाँको मुटु प्रतिमिनेट ७० को दरले धड्किरहेको छ । अब उहाँका निम्न ५ तहको एरोबिक कसरत गर्दा उहाँको धड्कनको गति तल दिइएका दायराभित्र पर्न जान्छ:

१. अत्यन्तै सजिलो तह : मुटुको धड्कन प्रतिमिनेट कम्तिमा ७९ – ८७ सम्म हुन्छ।

२. सजिलो तह : ८८ – १०६

३. मध्यम तह : १०७ – १२४

४. कठिन तह : १२५ – १४७

५. अत्यन्तै कठिन तह : १४७ भन्दा माथि

बुझिने गरी भन्नुपर्दा ती महिला लम्केर हिँड्दा यदि उहाँको मुटु १०७ प्रतिमिनेटका दरले धड्किरहेको छ भने उहाँले मध्यम तहको एरोबिक कसरत गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ । तर, यी तहहरु हरेक व्यक्तिका लागि फरक-फरक हुन्छ । हरेक मानिसको मुटु एउटै गतिले धड्किँदैन र उमेर अनुसार धड्कनको गति पनि फरक हुन्छ ।

मधुमेहका बिरामीका लागि एरोबिक कसरतका फाइदा

१. कसरत गरिरहेको समयमै मांसपेशीभित्र ग्लुकोज (सुगर) को प्रबाह बढी हुन्छ, जसले गर्दा रगतमा अत्यधिक ग्लुकोजको मात्रा कम हुन जान्छ ।

२. एरोबिक कसरतले इन्सुलिन हर्मोनलाई २ – ७२ घण्टासम्म अझै प्रभावशाली बनाउँछ ।

३. यी माथिका कारणले गर्दा रगतमा प्रायःजसो सुगरको मात्रा कम भइरहने हुनाले चिकित्सकको सल्लाह अनुसार केही समयपछि औषधिको मात्रा पनि घटाउन सकिन्छ ।

४. मुटुको कार्य अझै प्रभावशाली बनाउँछ र मधुमेहका बिरामीलाई मुटुरोग हुनदेखि जोगाउँछ ।

५. उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ र मोटोपना बढ्नबाट पनि रोक्छ ।

तपाईंको प्रतिक्रिया दिनुस्