आगलागी हुँदा ६ घर जलेर नष्ट

label सुदूर खबर संवाददाता query_builder March, 17 2019

हिलिहाङ, चैत ३ । पाँचथरको हिलिहाङ्ग गाउँपालिका–३ रमिते भीरमा लागेको आगो गाउँ पस्दा गए राति ६ घर जलेका छन्। बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जंगलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ। मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा, धनप्रसाद पालुङवाको घर जलेका हुन्।

आगलागी भएका घरमध्ये मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा र वेदमाया पौड्यालको घर पूर्णरूपमा जलेको छ।

उनीहरूको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ। आगलागीका कारण के कति क्षति भयो भन्ने तत्काल यकिन हुन नसकेको गाउँपालिका–३ का वडा सदस्य धनबहादुर पालुङवाले बताए।

जंगलको आगो नियन्त्रणका लागि स्थानीयबासी, इलाका प्रहरी कार्यालय गोपेटार, इलाका प्रहरी कार्यालय अमरपुर, जिल्ला प्रहरी कार्यालय फिदिम, विष्णु दल गण जोरपोखरीबाट गएको टोलीले प्रयास गरी रहेपनि नियन्त्रणमा आउन सकेको छैन। अहिले आगो पूर्वी क्षेत्र वनपाला जंगलतर्फ मोडिएको पालुङवाले बताए।

  • रासस
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।