अत्तरियामा सवारी दुर्घटनामा एक जनाको मृत्यु

label सुदूरखबर संवाददाता query_builder March, 17 2019

धुर्ब ओझा/सुदूरखबर।
अत्तरिया, चैत ३ । कैलालीको अत्तरियामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अत्तरियास्थित महेन्द्रनगररोड गोदावरी पुल नजिकै शनिबार राति करिव ९ः३० बजेतिर भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

अत्तरियाबाट महेन्द्रनगर तिर जाँदै गरेको से १ च २०९४ नम्बरको स्कारपियोले ठक्कर दिँदा गोदावरी नगरपालिका–३ मालीकाटोल बस्ने २७ वर्षीय अनुप साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटना लगत्तै मृतक साउदलाई उपचारका लागि पद्यमा अस्पतालमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि रेफरगरी भारतको बरेली लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । सवारी र सवारी चालक अहिले प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृत भेटिएका युवकको सनाखत भयो
कैलालीको गोदावरी नगरपालिका–४ मा मृत भेटिएका पुरुषको सनाखत भएको छ । मृत भेटिएका पुरुष बैतडीको दशरथ चन्द नगरपालिका २ का ४५ वर्षीय हर्क भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कञ्चनपुरको वाणीमा आफन्तलाई भेटेर घर फर्किने बेला उनी मृत फेला परेको कैलाली प्रहरीले जनाएको छ । शनिबार बिहान कैलालीको गोदावरी नगरपालिका–४ पूर्व पश्चिम महेन्द्र राजमार्ग छेउ खैराना पुल नजिकै उनको सब फेला परेको थियो ।

कैलाली प्रहरीले उनको हत्या भएको यसअघि नै पुष्टि गरी सकेको छ । घटनाको थप अनुसनधन भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्