एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा अजितले जिते स्वर्ण पदक

label सुदूर खबर संवाददाता query_builder March, 17 2019

काठमाडौँ,  चैत ३ । हङकङमा जारी तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक जितेका छन् । आइतबार भएको ३ हजार मिटर दौडमा भारत, जापान, यमन लगायतका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल एपीएफ क्लबका खेलाडी अजितले स्वर्ण जितेका हुन् ।

उनले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गरे । दोस्रो स्थानमा रहेका भारतका अमित जंगजीर ८ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गरी रजत र ८ मिनेट ३८.६० सेकेण्डमा निर्धारित दूरी पूरा गरेका यमनका गामिल अल हामातीले काश्य पदक पाए ।

जुनियर एथ्लेटिक्समा नेपालले एशियाली स्तरमा पहिलो स्वर्ण जितेको हो । वास्तवमा एशियाली एथ्लेटिक्स च्याम्पियनसिपमा जीतबहादुर केसीले नेपाललाई पहिलो पदक जितेयता एशियाली एथ्लेटिक्समा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन ।

नेपाल एथ्लेटिक्स संघको विवादका कारण यस प्रतियोगितामा नेपालको सहभागिताको टुंगो अन्तिम समयमा लागेको थियो । एपीएफका खेलाडी अजितसँग राष्ट्रिय प्रशिक्षकको रुपमा एपीएफकै प्रशिक्षक धनीराम चौधरी गएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।