राष्ट्रिय अखण्डता नै धरापमा : नेता लेखक

label सुदूर खबर संवाददाता query_builder March, 17 2019

बिनोद सिह बिष्ट/सुदूर खबर
बैतडी,३ चैत
नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य रमेश लेखकले कम्युनिष्ट सरकारको गतिविधी देखेर जनतामा निरासा छाएको बताएका छन् ।
नेपाली कांग्रेस बैतडीले सुर्नयाको मोतिनगरमा आइतवार गरेको कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र जोगाउन कांग्रेस एकढिक्का हुनुपनेमा जोड दिए।
कम्युनिष्ट सरकारको गतिविधी देखेर जनतामा निरासा छाएको छ उनले भने “ निकै दुख कष्टका साथ ल्याएको लोकतन्त्र ,संविधान खतरामा पर्ने चिन्ता छ ”


अहिलेको सरकारले सम्बृद्धिको नारा लगाएर मात्रै देशमा सम्बृद्धि आउदैन् डाक्टर सिके रावतसंगको सम्झौता र नेत्रविक्रम चन्द राजनितिवाट प्रतिवन्ध लगाएको कुरालाई संकेत गर्दै उनले भने“सरकारको पछिल्लो गतिविधिले राष्ट्रिय अखण्डता नै धरापमा परेको छ”
कांग्रेसलाई चुनाव हारेको चिन्ता भन्दा पनि लोकतन्त्र खतरामा पर्ने चिन्ता रहेको धारणा ब्यक्त गरे ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।