जोडी मिलाउने र निःसन्तानलाई सन्तान दिने दुप्चेश्वर महादेव दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

label सुदूर खबर संवाददाता query_builder March, 18 2019

 वि.सं.२०७५ साल चैत्र ०४ गते । सोमबार । ईश्वी सन् २०१९ मार्च १८ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि दुवादशी,२० घडी ५४ पला,दिउसो ०२ बजेर ३५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र अश्लेषा,३२ घडी २३ पला,बेलुकी ०७ बजेर १० मिनेट उप्रान्त मघा । योग सुकर्मा,३१ घडि ५५ पला,बेलुकी ०६ बजेर ५९ मिनेट उप्रान्त धृति । करण वालव,दिउँसो ०२ बजेर ३५ मिनेट उप्रान्त कौलव,रातको ०१ बजेर २२ मिनेट उप्रान्त तैतिल ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट सन्तोषजनक आम्दानि हुँनेछ भने अन्य क्षेत्रमा तपाईको उपस्थिति कमजोर रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढिनै समय दिदा सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नपर्ला । दाजुभाई तथा छिमेकिसँग बिवाद सिर्जना हुँनेछ भने घरायसि कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा अबिस्वास बढ्ने तथा पति पत्निबिच राय बाजिनेछ । बाहिरि बाताबरणको ख्याल नगर्दा स्वास्थ्य सम्बन्धि समस्या बढ्ने सम्भावना रहेकोछ । पढ्ने लेख्ने वाताबरण नहुँँदा अरु भन्दा पछि परिने चिन्ताले सताउँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुँनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुँनुपर्दा मन खिन्न हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) अध्ययन तथा अध्यापनमा समय थोरै हुदा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर परिवारमा आवस्यक्ताहरु टार्न नसकिने हुनाले परिवारमा सदस्यहरु सँग मनमटाब बढ्नेछ । ईच्छित चाहना हरु पुरा गर्न निकै समय खर्चनु पर्नेछ भने स्वास्थ्यमा साना तिना समस्याहरु आउनेछन् । माया प्रेममा अबिस्वास बढ्ने योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) राम्रा काम गर्दा गर्दै बिपक्षहरुले अनावस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउँन खोज्नेछन् । कार्य क्षेत्रमा काम बिग्रने तथा आलोचनाको शिकार हुँनुपर्दा मान सम्मानमा आघात पुग्नेछ । व्यापारमा भनेजस्तो आम्दानि नहुँने हुँनाले दैनिकी प्रभावित हुँनेछ । उपलब्धिबिहिन काममा समय गुज्रिने हुँदा पढाई लेखाईमा ध्यान जाने छैन । प्रेम सम्बन्धमा सामान्य घटपट हुँन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुँनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । धार्मिक तथा लामो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ भने धर्म कर्ममा मन जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुँने हुँनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेहुँदा अरुभन्दा पछि परिनेछ । माईति चेलि बिचको सम्बन्धमाको दुरी केहि बडेजस्तो हुँनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रतिश्पर्धिहरु हर क्षेत्रमा हावि हुँनाले तपाईको हरेक पाईलामा अवरोध खडा गर्नेछन् । कुनै मुद्दा मामिलामा सहभागि नहुँनु होला न्यायिक निर्णयहरु आज तपाईको पक्षमा नहुँन सक्छ । पढाई लेखाईमा ध्यान नजाने हुँनाले अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । धन सम्पति हराउँने तथा चोरिने अधिक सम्भावना रहेकोले आफ्नो धनमालको सुरक्षा गर्न जरुरि देखिन्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ भने अध्ययनमा प्रगति हुँनुका साथै आफ्नो ज्ञान प्रयोग गरि नयाँ काम गर्न सकिनेछ । क्षमता प्रयोग गरि स्वरोजगार बन्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह रुचारु हुँने अधिक सम्भावना रहेकोछ । आय आर्जनका नयाँ स्रोत थपिनेछन् भने पनग्गे धन संग्रह गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा रमाउँने समय रहेको तथा बंश बृद्धिको योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।