गोवाका मुख्यमन्त्री पर्रिकरको निधन

label सुदूर खबर संवाददाता query_builder March, 18 2019

नयाँदिल्ली, चैत ४ । भारतको गोवा राज्यका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता मनोहर पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्वीट गरी पर्रिकरको निधन भएको जानकारी दिएका हुन् । उनी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए ।

पर्रिकरको निधनप्रति भारतीय प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताले शोक व्यक्त गरेका छन् । भाजपाका नेता पर्रिकर केही समय भारतको रक्षामन्त्रीपनि बनेका थिए । तर, गोवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर गोवाको मुख्यमन्त्री बनेका थिए ।

उनी गोवामा लामो समय मुख्यमन्त्री पदमा रहे । उनलाई स्वच्छ छवि भएका नेताकारूपमा लिइन्थ्यो ।

  • रासस/एएनआइ
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।