डडेल्धुरामा हाइस दुर्घटना : १० जना घाइते, २ गम्भीर

label सुदूर खबर संवाददाता query_builder March, 18 2019

डडेल्धुरा, चैत ४ । डडेल्धुराको गन्याधुरा गाउँपालिका–३ गुयलखेत मा हाइस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान १०ः३० बजेतिर दुर्घटनामा परेको हो।

घाइते १० जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

घाइतेहरुलाई डडेल्धुरास्थित डडेल्धुरा अस्पताल ल्याइएको छ। घाइते र गम्भीर घाइतेको नाम खुलेको छैन। दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।