महिला टि–ट्वान्टी क्रिकेटको विजेताले १० लाख पाउने

label सुदूर खबर संवाददाता query_builder March, 19 2019

काठमाडौं, चैत ५ । एनसिएल स्पोर्टस् प्रालिको आयोजनामा हुने प्रथम महिला टि–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

आगामी वैसाख ७ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको उपविजेताले ५ लाख रुपैयाँ पाउने आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए।

त्यस्तै, प्रतियोगिताको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोन्स, काठमाडौं सुपर च्याम्पियन र धनगढी वण्डर वुमनले प्रतिस्पर्धा गर्नेछन्।

४ टोलीका मार्की खेलाडीसमेत घोषणा गरिएको छ। भैरहवाको मार्की खेलाडीमा रुविना क्षेत्री, विराटनगरकी करुणा भण्डारी, धनगढीका सीताराना मगर र काठमाडौंको मार्की खेलाडी नेरी थापा रहेकी छिन्।

  • रासस
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।