अफगान सैनिक कारबाहीमा ३९ लडाकूको मृत्यु

label सुदूर खबर संवाददाता query_builder March, 19 2019

मैमाना, चैत ५ । अफगानिस्तानको विभिन्न ठाउँमा भएका पछिल्ला सुरक्षा कारबाहीमा परी कम्तीमा ३९ लडाकू मारिएका छन्।

अशान्त रहेको देशको उत्तरी फर्याब र कुन्दुज प्रान्तमा उनीहरु मारिएको सैन्य श्रोतले सोमबार जनाएको छ। मारिएका सबैजना तालिवान लडाकू रहेका श्रोतको दाबी छ। श्रोतका अनुसार कारबाहीका क्रममा अन्य १० जना घाइते पनि भएका छन्।

अफगान हवाई सुरक्षा फौजले फर्याबको क्वयसार जिल्लामा रहेको तालिबान लडाकूहरुको अखडामा विस्फोटन गराएको थियो। आइतबार राति गराइएको सो विष्फोटनमा परी २८ भन्दा बढी लडाकू मारिएका हुन् भने अरु ८ जना घाइते भएका सरकारी सेनाका प्रवक्ता हानिफ रेजैले जानकारी दिए।

यसअघि तालिबान लडाकूहरुले क्वयसारमा रहेको सुरक्षा चौकीमा शनिबार राति आक्रमण गरेका थिए। आक्रमणमा परी २१ जना सैनिक र प्रहरी मारिएका थिए भने अरु १० जना घाइते भएका थिए। सोही घटनाको जवाफी कारबाहीस्वरुप सुरक्षा फौजले आइतबार आक्रमण गरेको हो।

  • रासस/सिन्ह्वा
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।