आगलागीमा परी २ बालिकासहित ३ जनाको मृत्यु

label सुदूर खबर संवाददाता query_builder March, 24 2019

लहान, चैत १० । सिरहाको छुट्टाछुट्टै स्थानमा शनिबार भएको आगलागीमा २ बालिकासहित ३ जनाको मृत्यु भएको छ। धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा शनिबार साँझ आगलागी हुँदा २ बालिकाको मृत्यु भएको हो।

आगलागीमा परी दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा र नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पोखरेलको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

गाई गोठमा जम्मा भएको पतकरहरु केटाकेटीले आफैले सलाई कोरेर आगो लगाएको हुनसक्ने स्थानीयले आशंका गरेका छन्। प्रहरीले भने आगलागीको कारण अझै नखुलेको जनाएको छ। स्थानीय र प्रहरीको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

यसअघि शनिबार बिहान सिरहाको कल्याणपुर नगरपालिका–७ भेडियो पूर्वारी टोलमा आगलागी हुँदा ५० वर्षीया बनारसी देवी सदायको मृत्यु भएको थियो।

  • रासस
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।