सामूहिक बलात्कारमा संलग्न एक जना पक्राउ

label सुदूर खबर संवाददाता query_builder March, 24 2019

काठमाडौं, चैत १० । काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ कोदारीटोलकी एक किशोरीको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा अर्का एक युवा पक्राउ परेका छन्।

पीडित परिवारको किटानी जाहेरीका आधारमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ भीमटारका २२ वर्षीय सुनिल दनुवारलाई खोजतलासका क्रममा मण्डनदेउपुरबाट शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनका अनुसार दनुवारलाई यही चैत ३ गते साँझ मण्डनदेउपुर नगरपालिका–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय किशोरीमाथि भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो।

दनुवारसहित ४ जनाले बालुवा चाली टिपरमा फर्कंदै गरेकी १४ वर्षीया किशोरीलाई नदी किनारमा लगी सामूहिक बलात्कार गरेको पीडित परिवारद्वारा घटनाको भोलिपल्ट प्रहरीमा किटानी जाहेरी दिएको जनाइएको छ। सोही आधारमा प्रहरीले चैत ५ गते मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा सोही नपा–७ का २१ वर्षीय रामकुमार राईलाई पक्राउ गरेको थियो। आरोपित टिपरका चालक तथा सहचालक हुन्।

प्रहरीले सोही दिन आरोपितको म्याद थप गर्दै हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको प्रनाउ गिरीले जानकारी दिए। पीडित किशोरीको सोही दिन स्वास्थ्य परीक्षण गरिएको थियो। मुलुकी संहितामा आरोपितलाई कसुरअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ।

  • रासस
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।