विपद् जोखिम न्यूनिकरण सम्बन्धी संवाद कार्यक्रम

label सुदूर खबर संवाददाता query_builder March, 24 2019

झलक पाली/सुदूरखबर।
डोटी, चैत १० । डोटीको दिपायल सिलगढी नगरपालिकामा विपद् जोखिम न्यूनिकरण सम्वन्धी जनप्रतिनिधी र सरोकारवालासँग संवाद कार्यक्रम सम्पन्न भएको छ ।

वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले दिपायल सिलगढी नगरपालिका क्षेत्रमा सञ्चालन गरिरहेको नेपाल विपद् जोखिम न्यूनिकरण परियोजना अन्तरगत उक्त संवाद कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले विपद् जोखिम न्यूनिकरणमा आफु सचेत र प्रतिवद्ध रहेको बताइन् ।

नगरपालिकाले ‘विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७५ जारी गरिसकेको र वडा वडाहरुमा पनि स्थानीय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन समिति गठन भइ सक्रिय रहेको बताइन् ।

तत्कालै नगरपालिकाको विपद व्यवस्थापन योजना बनाएर लागु गरिने र यसबारेमा नगरपालिकाले निर्माण गरिरहेको २५ वर्षे गुरु योजनामा समेत विस्तृत रुपमा समावेश गरिएको नगर प्रमुख मलासीले बताइन् । कार्यक्रममा बोल्दै नगरपालिकाका उप–प्रमूख शिवराज खड्काले नगरपालिकामा आपत्कालिन सूचना केन्द्र व्यवस्थापनलाई प्रभावकारी बनाइने बताए ।

त्यस्तै सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले स्थानीय सरकार सँगसँगै आफुहरु पनि सक्रिय भएर विपद जोखिम न्युनिकरण र व्यवस्थापनमा लाग्ने प्रतिबद्धता जनाए ।

दिपायल सिलगढी नगरपालिकाका प्रमूख, उप/प्रमूख, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमूख, पत्रकार लगाएतको सहभागिता रहेको कार्यक्रममा सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक रामचन्द्र जोशीले परियोजना अन्तरगत भइरहेका कार्यक्रम बारेमा जानकारी गराएका थिए ।

नेपाल विपद जोखिम न्यूनिकरण परियोजना फेब्रुअरी २०१८ देखि सेप्टेम्बर २०१९ का लागि सञ्चालन भइरहेको सामुदायिक विकास केन्द्रका कार्यक्रम अधिकृत सुरेश नाथले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।