पहिरोले पुरिएर बझाङमा एक महिलाको मृत्यु, तीन गम्भीर घाइते

label सुदूर खबर संवाददाता query_builder March, 24 2019

डीवि विष्ट/सुदूरखबर।
बझाङ, चैत १० । बझाङको केदारस्युँ गाउँपालिकाको वडा नं. ४ खिल्लेख दोबाटो सुदाडामा सिचाइ नहर खन्दा माथिबाट आएको पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ ।

सिचाईँ नहरको खन्ने क्रममा केदारस्युँ गाँउपालिका–४ की ४० वर्षीया मनादेवि भट्टको घटनास्थलमा नै पुरिए मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य ३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा केदारस्युँ गाउँपालिका ४ कै ३५ वर्षीया हर्कादेवि भट्ट, ४० वर्षीया कलुदेवि भट्ट र ३८ वर्षीया धनादेवि भट्ट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।